हाम्रो बारेमा


हाम्रो बारेमा

घरको भनौं वा अफिसको काम होस्, काम गर्ने मान्छे नभएर दिनौं पर्खिनु पर्ने बाध्यता सबैको रहेको हामीले मध्यनजर गर्दै आयौं, काम सानो हुँदैन अनि गर्ने मान्छे पनि सानो हुँदैन भन्ने सबैलाई जानकारी भएको कुरा पनि हो, यही कुरा सम्झेर नै हामीले हाम्रो सानो प्रयास देश को दोश्रो ठुलो शहर विराटनगरबाट शुरु गर्नुपर्ने जमर्को गर्‍यौं । एउटा वेबसाइट जसले पार्टटाइम काम गर्ने मान्छे खोजी दियोस् भन्ने सबैलाई लाग्छ नै ।

प्रकाश इन्फोशिस द्वारा सञ्चालन भएको यस वेबसाइटले पार्टटाइम काम गर्ने वा भनौ केही न केही सीप भएको व्यक्तिहरूलाई लिस्टिङ् गर्नेछ सो लिस्ट अन्तर्गत आफुलाई चाहिएको व्यक्ति लाई फोनमा संपर्क गरी काम सम्बन्धी प्रस्ताव राखी काम गराउन सकिने छ । हाम्रो दैनिक जीवनमा अत्यावश्यक काम गर्ने सीपालु व्यक्तिहरू र काम गराउने व्यक्तिहरूलाई भेट गराउने यो हाम्रो सानो प्रयास हो । आउने दिनमा बेरोजगारीको समस्या यसले हल गर्ने छ भन्ने विश्वाशका साथ हामी अगाडि बढ्दै छौ ।

हाम्रो लोगो


श्रीयोग डट कम ले कसरी काम गर्छ ?


मेन पेजमा जानुहोस्

श्रीयोग डट कममा जानुहोस् अनि मेन पेजमा बिभिन्न क्षेत्र अनुसारका काम गर्ने प्रोफेस्नल हरुको लिस्टिङ गरिएको छ , त्यो बटनमा क्लिक गरे पछी सम्बन्धित क्षेत्रमा काम गर्ने ब्यक्ती हरुको लिस्ट आउछ

प्रोफेस्नल छान्नुहोस

आफुलाई चहिएको ब्यक्ती वा प्रोफेस्नललाई फोन मार्फत संपर्क गर्नुहोस् , काम सम्बन्धी कुर गर्नुहोस् , रेट र लोकेसन फिक्स गर्नुहोस्

पर्खिनुहोस् अनी काम गराउनुहोस्

फोन मार्फत सबै कुरा फिक्स भये पछी पर्खिनुहोस् अनी सम्बन्धित ब्यक्ती लाई काम गराउनुहोस्

दुइ शब्द



Prakash Upreti
  • प्रकाश उप्रेती
  • फाउण्डर

बेरोजगारी बढी रहेको छ, साथै अवसर पनि बढी रहेको छ, सीप भएर पनि मौका नपाउँदा धेरै नै व्यक्तिहरू बेरोजगार भएर विदेश पलायन हुनु परेको अवस्था छ । यससँगै विभिन्न समय, चाडपर्व, अनि घर-अफिस, फ्याक्ट्री अथवा कुनै ठाउँमा कोही सीपालु मान्छे चाहिदा खोज्न नै धेरै दिन लागेको कुरा सर्वविदितै छ ।

यस्तै समस्याहरूलाई समाधान गर्नको लागि तथा आफुलाई चाहिएको मान्छे तुरुन्त खोज्न सजिलो होस् भन्ने उदेश्यले यस्तो वेबसाइटको परिकल्पना गरेको हुँ, धन्यवाद्

अघि बढौं - बेरोजगारी निर्मूल गरौं




भिजन

देशमा बढिरहेको बेरोजगारीलाई मध्यनजर गदै यस वेबसाइटले बेरोजगारी र रोजगार दाता बिच पुलको काम गर्दै बेरोजगारको समस्यालाई सुल्झयाउने छ ।
त्यसैले बेरोजगारले पिरोलिएका युवाबर्गहरुलाई चाडो भन्दा चाडो आफनो सानो बिवरण नाम,ठेगाना र मोवाइल नम्वर यो साइटमा अपलोड बेराजगारी समस्याको हल गर्न सहयोग गर्नेछ ।


मिसन

सिप भएर पनि बेरोजगार भएका व्यक्ति हरु को खोजि गरि साथै पार्ट टाईम काम को विकास गर्ने उदेश्य ले यो वेबसाइट हामीले संचालन मा लिएर आएका हौ,

आगामी दिन हरुमा मोबाइल याप्स साथै अझ बढी प्रोफेसनल तरिकाले यसको प्रबर्दन गर्ने छौ